आइतवार, भाद्र २१ गते २०८३    

आइतवार, भाद्र २१ गते २०८३    

लगातार तेस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लगातार तेस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । 

    मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो । अघि नेपालले बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । 

    साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा गुल्शन झाले नटआउट ४४ र रोहितकुमार पौडेलले नटआउट २४ रन बनाए । इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २०, अर्जुन कुमालले १५, र दीपेन्द्रसिंह ऐरीले ५ रनको योगदान गरे।

    साउदी अरेबियाका लागि इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ तथा हिशाम शैखले १ विकेट लिए । 

    टस जितेर ब्याटिङ रोजेको साउदी ४९.१ ओभर १९० रन बनाएर अलआउट भएको थियो । साउदीका लागि अब्दुल वहीदले अर्धशतकीय पारी खेले । उनले ८९ बलमा ७७ रन जोडे । मुहम्मद अतिफले भने ३० रन जोडे । 

    नेपालका लागि कप्ता सन्दीप लामिछाने र ऐरीले ३–३, ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्शन कुमार झाले १–१ विकेट लिए । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij