मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

हङकङसँग १५ रनले हार्‍यो नेपाल

हङकङसँग १५ रनले हार्‍यो नेपाल

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा समेटियो ।

    नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। उनले उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए ।

    हङकङका एइजाज खानले नेपालका ४ विकेट लिए। यासिम मुर्तजाले २ तथा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले १–१ विकेट लिए ।

    यसअघि बाबर हायातको शानदार अविजित शतकको मद्दतमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।

    एक समय १३३ रनमा ७ विकेट गुमाएर दबाबमा परेको हङकङलाई बाबर हायात र एहसान खानले सम्हालेका थिए। यी दुईले १२८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए 

    बाबरले १२७ बलमा ७ चौका र ७ छक्काको मद्दतले ११७ रन बनाएर अविजित रहे । एहसान खान ३४ रनमा नटआउट रहे। त्यसअघि शाहिद वासिफले ४५ रनको योगदान दिएका थिए ।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिए ।

    हङकङसँगको जितसँगै नेपाल र हङकङ दुवै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । हङकङको जितपछि आयोजक मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij