काठमाडौं । भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुनेछ ।
सार्वजनिक बिदाबारे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।




