शनिवार, आश्विन ३ गते २०८३    

शनिवार, आश्विन ३ गते २०८३    

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ६ शव निकालियो

सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । रसुवामा भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूमध्ये ६ जनाको शव फेला परेको छ ।

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो ।

    टनेलभित्र अल्झिएका शव निकाल्न उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरेको थियो । सो क्रममा ६ वटा शव टनेलबाट बाहिर निकालिएको जनाइएको छ ।

    टनेलभित्र हिलोले पुरिएको अवस्थामा अन्य शवजस्तो आकृति पनि देखिएको उद्धार टोलीले जनाएको छ । त्यस क्षेत्रमा थप खोजी कार्य भइरहेको छ ।

    भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धेरै व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधिसहितको टोलीले विभिन्न स्थानमा खोजी जारी राखेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij