मंगलवार, कार्तिक ११ गते २०८३    

मंगलवार, कार्तिक ११ गते २०८३    

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्याे ‘एक्स्ट्रीम एन्थम’

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्याे ‘एक्स्ट्रीम एन्थम’

सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । क्रिकेटको रोमाञ्च र समर्थकको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको एन्थमले प्रतियोगिताको माहोललाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।

    क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक जोश, चौका–छक्कामा समर्थकले व्यक्त गर्ने खुसी र टोलीको जितप्रतिको उत्साहलाई समेटेर एन्थम तयार गरिएको कम्पनीले जनाएको छ । विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो प्रस्तुति ल्याइएको हो ।

    एनपीएल सिजन ३ मा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

    ‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयट नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ । ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेको एन्थमको निर्माण एनएफटीपी टिमले गरेको हो ।

    कम्पनीका अनुसार यो एन्थम गीतमा मात्र सीमित नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो । खेलाडीको जित्ने अठोट र समर्थकको टोलीप्रतिको विश्वासलाई संगीतमार्फत प्रस्तुत गर्दै क्रिकेटप्रेमीसँग भावनात्मक सम्बन्ध थप बलियो बनाउने उद्देश्य राखिएको छ ।

    ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij