काठमाडौं । ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसको नेपाल बसाइँ दुई दिनको हुने भएको छ । ब्राजिलबाट विश्वकप विजेतासमेत रहिसकेका कार्लोस नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल)का निम्ति आउन लागेका हुन् ।
प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार, कार्लोस अप्रिल १८ मा नेपाल आउनेछन् । उनी अप्रिल १९ मा दशरथ रंगशालामा हुने पहिलो क्वालिफायरमा प्रमुख अतिथिको रूपमा रहनेछन् ।




