आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌।

    एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ।

    त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले संगठित प्रदर्शन गर्न सकेको छैन्।

    साथै चेन्नइका कप्तान रूतुराज गाइक्वाडले चोटको कारण बाकी सिजन गुमाउने भएको कारण महेन्द्र सिंह धोनीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन्।

    कोलकाताले ५ खेलमा २ जित र ३ हार व्यहोरेको छ। सिजनको सुरुवात मिश्रित भए पनि टोली सन्तुलित देखिएको छ। अघिल्लो खेल हारेपछि कोलकाता पनि जितको खोजीमा आज रहनेछ।

    कोलकाता ४ अंक सहित छैटौं स्थानमा रहेको छ। चेन्नई मात्र २ अंकका साथ लिगको नवौं स्थानमा रहेको छ। एजेन्सी

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij