सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
सजिलो पाना
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रु १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

    उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

    मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्धारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपीएस मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

    यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij