काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा सीमित भएको छ ।
बिहीबार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।




