आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

वर्षको अन्तिम दिन घट्यो शेयर बजार

वर्षको अन्तिम दिन घट्यो शेयर बजार

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौँ । वर्षको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अङ्कले घटेर २ हजार ६६२ दशमलव ०८ विन्दुमा झरेको छ ।

    आज होटल, लगानी, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे १ प्रतिशतले ओरालो लागेको छ ।

    आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गूडविल फाइनान्स कम्पनीको डिबेन्चर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij