आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अमेरिकामा उडान सेवा बन्द, विमानस्थलमा यात्रुहरू अलपत्र

अमेरिकामा उडान सेवा बन्द, विमानस्थलमा यात्रुहरू अलपत्र

सजिलो पाना
बिहिवार, श्रावण २२ २०८२
सजिलो पाना
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं। अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। 

    बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका थियो। ठूलो प्राविधिक गडबडीका कारण अमेरिकाभरि उडान  रोकिएको बताइएको छ। यसबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रा नराम्ररी अवरुद्ध भएको छ।

    विमानस्थलमा यात्रुहरू अलपत्र परेका  छन्। जानकारी अनुसार ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थल (आईएएच)मा एयरलाइन्स यात्रुहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो।

    एयरलाइन्सले यो अवरोध प्रेषण र इन्धन भर्ने प्रणालीमा खराबी आएको जनाएको छ। एयरलाइन्सले एक विज्ञप्ति पनि जारी गर्दै समस्या समाधान गर्न थप उडान ढिलाइ हुने जनाएको छ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij