शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

प्रभु बैंकको आकर्षक होम लोन र अटो लोन योजना सार्वजनिक

प्रभु बैंकको आकर्षक होम लोन र अटो लोन योजना सार्वजनिक

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं। प्रभु बैंक लिमिटेडले घर तथा सवारीसाधन खरिदका लागि आकर्षक ब्याजदर र सुविधासहित होम लोन तथा अटो लोन योजना सार्वजनिक गरेको छ।

    बैंकका अनुसार होम लोनअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र लाग्नेछ। ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

    यो योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्। बैंकका देशभरका ३०० शाखामार्फत यो सुविधा उपलब्ध हुने जनाइएको छ।

    त्यसैगरी, व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले अधिकतम ७ वर्ष अवधिको अटो लोन योजना ल्याएको छ। यसमा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ।

    अटो लोनका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर (DO) उपलब्ध गराइने बैंकले जनाएको छ। यसले ग्राहकलाई सहज र आकर्षक ब्याजदरमा सवारीसाधन खरिद गर्ने अवसर प्रदान गर्ने बैंकको भनाइ छ।

    बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ। थप जानकारीका लागि नजिकैको प्रभु बैंक शाखा वा बैंकको वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij