शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको डिजिटल भुक्तानी सुविधा

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको डिजिटल भुक्तानी सुविधा

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ ।

    बैंकको मोबाइल बैंकिङ एपमार्फत क्यूआर काेडमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा बिल अपलोड गर्नुपर्ने छैन । 

    साथै, ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफूले गरेका योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन् ।

    आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्रमार्फत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

    बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, आधिकारिक बिल लिन तथा सुरक्षित राख्न आग्रह गरेको छ । साथै, आफूले गरेका योग्य कारोबारको विवरण नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ ।

    डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सरकारी करदाता प्रोत्साहन कार्यक्रममा सहज सहभागिता गराउने उद्देश्यले गरिएको यो व्यवस्थाले नगदरहित कारोबारलाई थप प्रवर्द्धन गर्ने अपेक्षा बैंकले गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij