काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.४९ अंकले बढेको छ । आज नेप्से परिसूचक २७२२.७३ को विन्दुमा कायम भएको छ ।
१८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।




