काठमाडौं । आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि।
मेष : सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
वृष : दिन सामान्य छ। सोचेर बोल्नु राम्रो हुनेछ। मिहिनेत गरेमा आर्थिक उन्नति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। रोजगारीमा फाइदा हुने दिन छ। परिवारमा भने विवाद हुनसक्ने जोखिम देखिन्छ।
मिथुन : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : दिन तनावपूर्ण हुनसक्छ। राम्रो गरे पनि नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।
सिंह : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : आज श्रम बढी नै गर्नुपर्ने दिन छ। मिहिनेत गरेको ठाउँमा सानो कुरामा भए पनि प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्ने योग छ। पूर्वतर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
तुला : दिन राम्रो छ। योजना गोप्य राख्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। शिक्षामा आफूले सोचेको जस्तो उन्नति नहुने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक : तपाईंले गरेको श्रमको मूल्यांकन हुनेछ। शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। आम्दानीबाट थोरै रकम परोपकारमा खर्च गर्नु उचित हुन्छ। प्रप्त सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ।
मकर : आज खर्च बढ्नेछ। आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा खरो ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसाती दशा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। सामान्य काममा पनि चिन्ता बढ्ने जोखिम रहेको छ। संकटमा परिवारको साथ मिल्नेछ।
मीन : कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्चनुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मीडिया वा चलचित्रको क्षेत्र उत्तम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।




