आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इटहरीमा टाटाको एस इभी फ्ल्याटबेड र सिएलभी सर्वजानिक, के छ नयाँ अफर ?

इटहरीमा टाटाको एस इभी फ्ल्याटबेड र सिएलभी सर्वजानिक, के छ नयाँ अफर ?

सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

    दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

    टाटाले सार्वजनिक गरेको नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड रु.२१,९९,००० । (एक्काइस लाख उनानसय हजार) नेपाली रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि रु.२२,७९,००० । (बाइस लाख उन्नासी हजार) मा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ ।

    कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा रु.५०,०००। ( पचाँस हजार ) सम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ ।

    यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

    उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहनुभएका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो ।

    images
    सम्बन्धित विषय:
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij