आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

विदेशमा पढ्न जानेहरुलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार गर्यो बानेश्वरमा आउटलेट

विदेशमा पढ्न जानेहरुलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार गर्यो बानेश्वरमा आउटलेट

सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले आउटलेट विस्तार गरेको छ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको हो । 

    विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको  छ ।

    कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका विभिन्न सामानहरू उपलब्ध रहेको छ ।

    विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामानहरू समेत आउटलेटमा राखेको छ । 

    साथै नयाँ आउटलेट शुरू गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमा  ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ । 

    करीब साढे २ वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । 

    विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने योजना रहेको खनालले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij