आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु

सजिलो पाना
बिहिवार, भाद्र १९ २०८२
सजिलो पाना
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं ।  पोर्चुगलको राजधानी लिस्बनमा ग्लोरिया फ्युनिकुलर रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

    दुर्घटना बुधबार साँझ ६ बजेतिर (स्थानीय समय)भएको थियो। पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ। दुर्घटजनामा एकजना बालक  पनि घाइते भएका छन्।

    घटनास्थलमा धेरै मानिस फसेको अनुमान गरेपनि उद्दारकर्मीहरूले सबैको उद्दार गरिएको बताएका छन्। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । लिस्बनका मेयर कार्लोस मोइडेसले राजधानीका लागि यो 'दुःखद क्षण' भएको बताएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij