आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इजरायली वायुसेनाको यमनमा अहिलेसम्मकै ठूलो हमला

इजरायली वायुसेनाको यमनमा अहिलेसम्मकै ठूलो हमला

सजिलो पाना
शुक्रवार, आश्विन १० २०८२
सजिलो पाना
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौं। इजरायली सेनाले यमनमा आफ्नो वायुसेनाले ‘अहिलेसम्मकै ठूलो हमला’ गरेको दाबी गरेको छ।

    सेनाका अनुसार यो आक्रमण हुथी विद्रोहीहरूले निरन्तर गरेका ड्रोन र मिसाइल आक्रमणको प्रतिउत्तरस्वरूप गरिएको हो।

    राजधानी सानामा सञ्चालन गरिएको आक्रमणमा दर्जनौँ युद्धविमान परिचालित भई हुथीका सुरक्षा निकाय, गुप्तचर कार्यालय र सैन्य पूर्वाधारलाई लक्ष्य बनाइएको इजरायली रक्षा बलले जनाएको छ।

    तर, हुथी प्रशासनअन्तर्गतको स्वास्थ्य मन्त्रालयले यसलाई ‘क्रूर अपराध’ भन्दै आलोचना गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा आवासीय क्षेत्रसमेत प्रभावित भई आठ जनाको मृत्यु भएको छ।

    यो आक्रमण इजरायलको रेड सी रिसोर्ट इलातमा भएको आक्रमणपछि आएको हो। सो घटनामा २२ जना घाइते भएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij