जापान । जापानमा पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित भएकी छिन् ।
लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठूलो दल हो । जापान इन्नोभेसन पार्टीसँग गठबन्धन गरेर सो दलले नयाँ सरकार बनाउन लागेको हो ।
६४ वर्षीया ताकाइची एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन् । उनले आजै मन्त्रीमण्डल गठनको तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताकाइचीको प्रधानमन्त्री बन्ने यो तेस्रो प्रयास हो । ‘स्क्यान्डल’ले ग्रस्त उनको पार्टी एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ । उनीसामु सुस्त अर्थतन्त्रको सामना गर्ने, अमेरिका–जापान सम्बन्धलाई स्थिर राख्ने र स्क्यान्डल तथा आन्तरिक द्वन्द्वले हल्लिएको सत्तारूढ दललाई एकजुट बनाउनेजस्ता धेरै चुनौती छन् ।




