शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्षको नयाँ अफर, ७.९९ प्रतिशतमै घर कर्जा

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्षको नयाँ अफर, ७.९९ प्रतिशतमै घर कर्जा

सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले नव वर्ष २०८२ को अवसरमा ग्राहकलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

    नयाँ वर्षको अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकलाई घर खरिद, निर्माण, पुर्ननिर्माण तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । 

    यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ बाट ग्राहक केन्द्रीत बैंकको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा बिगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij