काठमाडौं । नेपालमा लिपमोटर सवारी साधनको एकमात्र अधिकृत आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा. लि.ले आगामी NAIMA मोबिलिटी शोमा बहुप्रतीक्षित लिपमोटर B10 सार्वजनिक गर्ने घोषणा गरेको छ, जसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउँदैछ।
२१ औं शाड्हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी- अटो शाङ्ग्हाई २०२५ मा अन्तर्राष्ट्रिय रुपमा डेब्यू गरेको B10, अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ।
ती मध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको छ।
लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित B10, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ। सो गाडीको विशेषताहरु NAIMA मोबिलिटी शोमा सार्वजनिक गरिनेछ ।




