आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव

राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव

सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ७०औं वार्षिक उत्सवको अवसरमा लामो समय सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ।

    कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ। साथै, बैंकमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ।

    दीर्घ सेवा पदक पाउने कर्मचारीहरूमा सुभाष चन्द्र घिमिरे, देवेन्द्र गौतम, राज देव भण्डारी, दिनेश राज श्रेष्ठ, विनोद लेखक र अजित रेग्मी रहेका छन्।

    सेवा पुस्ताको अभिवृद्धि गरिने र बैंकको उद्देश्य प्राप्तिमा वस्तुगत कार्यसम्पादन गर्दै योगदान पुर्‍याउनेकर्मचारीहरूलाई सेवा पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

    कार्यसम्पादनका आधारमा प्रदान गरिने पुरस्कार अन्तर्गत उत्कृष्ट सेवा पुरस्कार (५० हजार रुपैयाँ) प्राप्त गर्नेमा नरेश मण्डल, पूर्ण प्रसाद भण्डारी, भोजराज भट्ट र पिरिङ्का रहेका छन्। त्यस्तै, सर्वोउत्कृष्ट सेवा पुरस्कार (१ लाख रुपैयाँ) नन्दकुमार ढकाललाई प्रदान गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij