शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

निर्धक्क भएर लगानी गर्न निजीक्षेत्रलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

निर्धक्क भएर लगानी गर्न निजीक्षेत्रलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले निजीक्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राखिन् ।

    निजीक्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले सरकारले निजीक्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरिन् ।

    ‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो, ‘निजीक्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन । त्यसैले सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ । अब निजीक्षेत्रले पनि बिनाहिच्किचाहट लगानी बढाउनुपर्छ । निजीक्षेत्रले नै अर्थतन्त्रलाई ड्राइभ गर्ने हो,’ परराष्ट्रमन्त्री राणाले भनिन् । 

    यस्तै मन्त्री राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भए पनि निरुत्साहित नहुन निजीक्षेत्रलाई आग्रह गरिन् ।सरकार र निजीक्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रूपमा प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्नेमा समेत मन्त्री राणाको जोड थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij