आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कवि नदीशको कविताकृति ‘हिउँद’ लोकार्पण

कवि नदीशको कविताकृति ‘हिउँद’ लोकार्पण

सजिलो पाना
बुधवार, पौष २३ २०८२
सजिलो पाना
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । कवि नदीशको कवितासंग्रह ‘हिउँद’ लोकार्पण भएको छ । शनिबार बत्तीपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा नाट्यअभिनेत्री पवित्रा खड्का, कवि डा. मुस्कान पोख्रेल, पर्यावरण अध्येता उमेश बलाल मगर र पत्रकार बसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले पुस्तक लोकार्पण गरेका हुन् ।

    रिदम कँडेलको सांगितिक पार्श्वध्वनिमा ‘खर्बुजा’, ‘झरी पर्दा’, ‘कोकुन र रोकिन मन छ– नजाऊ भनिदिने कोही छैन’ शीर्षकका कविता पवित्रा खड्का, डा. मुस्कान पोख्रेल, उमेश बलाल मगर र बसन्त बस्नेतले वाचन गरे । 

    त्यसैगरी, कवि नदीशले ‘नदीश यस्तो हुनु’, ‘अचेत सभ्यताको माझबाट’ र ‘बिरामी’ र ‘म फेरि आउँछु’ शीर्षकका कविता वाचन गरेका थिए ।

    साथै, रिदम कँडेलले नदीशको एउटा कवितालाई गायनमा प्रस्तुत गरेका थिए । संगीत र कविताको फ्युजनमा समारोह काव्यिक बनेको थियो ।  नदीशका पछिल्लो कवितासंग्रह बुकहिलले बजारमा ल्याएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij