गोरखा । गोरखा नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो।
गोरखा दरबारबाटै आधुनिक नेपालको एकीकरणको थालनी भएको हो। दरबार परिसरमा कालिका मन्दिर, गोरखनाथ मन्दिर, र पुरानो राजदरबार (गोरखा दरबार) अवस्थित छन्।
यो दरबार पहाडको टाकुरोमा रहेको हुँदा यहाँबाट गोरखा बजार, हिमालहरू, र वरपरका दृश्यहरू अवलोकन गर्न सकिन्छ।
(ड्रोन भ्यू)







