काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान सोमबारदेखि वैशाख २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
यस अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।
साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।




