आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनएमबि बैंकद्वारा बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम देशभर सम्पन्न

एनएमबि बैंकद्वारा बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम देशभर सम्पन्न

सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं। एनएमबि बैंक लिमिटेडले सांस्कृतिक सम्पदा संरक्षण तथा सामाजिक जागरूकता अभिवृद्धिको उद्देश्यसहित बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम देशभर सम्पन्न गरेको छ।

    गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरमा पुगेर समापन भएको मुख्य कार्यक्रममा करिब ७०० जना सहभागी थिए।

    बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका प्रतिनिधि, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

    कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख सहयोग तथा नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ। यो वर्षको हेरिटेज वाक कार्यक्रम बैंकले सातै प्रदेशमा एकसाथ सम्पन्न गरेको हो।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij