काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा कायम भएको छ ।
यसदिन ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसदिन ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको छ ।




