आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ई.पी. एस. कोरिया शाखामा धर्ना

ई.पी. एस. कोरिया शाखामा धर्ना

सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

    भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

    धर्नामा बसेका एक युवक निराजन सिंहले भने, ‘भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्यो । तर, जान पाएका छैनौं । रोस्टर अवधि २ वर्षको हुन्छ । बाँकी रहेको समयमा जान पाइन भने त भविष्य सकियो नि त !’

    उनका अनुसार कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन् । झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको उनको भनाइ छ ।

    सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनले बताए ।आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij