काठमाडौं । थाइल्यान्डमा यात्रुबाहक रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
चीनको सहयोगमा निर्माणाधीन द्रुत गतिको रेलमार्गमा प्रयोग गरिएको एउटा क्रेन बुधबार बिहान स्थानीय समयअनुसार ९ बजे यात्रुवाहक रेलमाथि खसेको हो ।
क्रेन खसेपछि रेल लिकबाट बाहिरिएको स्थानीय अधिकारीले बताएका छन् ।
नाखोन रात्चासिमा प्रान्तका प्रहरी प्रमुख थत्चाफोन चिन्नाभोङले एएफपीलाई दिएको जानकारी अनुसार, दुर्घटनामा २२ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
उक्त रेलमा १९५ जना यात्रु सवार थिए । रेल बैंककबाट उबोन रात्चाथानी प्रान्ततर्फ जाँदै थियो ।




