काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ । सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




