आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल बीच रेडियो नेपालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    सम्झौता पश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीलाई कम्पनीकोे सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ । हाल बैंकको आधार दर ५.१४ प्रतिशत रहेको छ । सम्झौता अनुसार रेडियो नेपालका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

    सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरु भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकार लगायत कर्मचारी सहभागीता थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij