आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल लाइफले मनायो भव्यताका साथ २४औँ वार्षिकोत्सव

नेपाल लाइफले मनायो भव्यताका साथ २४औँ वार्षिकोत्सव

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

    यस सुखद अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्‍यो ।

    यस अवसरमा कम्पनीले देशका सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, ग्राहकहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, आरोहअवरोहमा सदैव साथ दिने कर्मचारीहरू, नियामक निकायहरूका साथसाथैे सबै सरोकारवालाहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij