काठमाडौं । ई–सेवा मनी ट्रान्स्फरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरिएको छ। घर हस्तान्तरण कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसर तथा कम्पनी व्यवस्थापन समिति सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
जसअन्तर्गत रोमानियामा दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अञ्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भइन् ।
ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै विश्वभरि रहेका नेपालीको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे ।
साथै, उनले मेरो डिजिटल देश अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै आफ्नो खुसी व्यक्त गरे । ई–सेवा मनी ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियान अन्तर्गत विश्वभरि रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरूप काठमाडौंमा साढे दुई तलाको घर प्रदान गर्ने घोषणा गरेको थियो ।
१ असोज २०८० देखि ३० कात्तिक २०८१ सम्म रेमिट्यान्स पठाउनेहरू यस अभियानमा सहभागी भएका थिए । साथै, अभियान अन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।




