बिहिवार, कार्तिक ६ गते २०८३    

बिहिवार, कार्तिक ६ गते २०८३    

एमाले नेता प्रदीप नेपालको निधन

एमाले नेता प्रदीप नेपालको निधन

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

    स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए ।

    नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गरिरहेकोमा भर्खरै निधन भएको अस्पताल प्रशासनले जनायो ।
     
    विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

    नेकपा (एमाले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

     पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ ।‘परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन,’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।’

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij