आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एमाले नेता प्रदीप नेपालको निधन

एमाले नेता प्रदीप नेपालको निधन

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

    स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए ।

    नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गरिरहेकोमा भर्खरै निधन भएको अस्पताल प्रशासनले जनायो ।
     
    विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

    नेकपा (एमाले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

     पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ ।‘परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन,’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij