सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ। भाषा दिवसको अवसरमा आज (वैशाख २४ गते) सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो।

    प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उल्लेख छ।

    बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो। दिवसको अवसरमा आज काठमाडाौँ र हेटौँडामा विभिन्न कार्यक्रम हुँदैछन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij