काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पँजीको १२ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बमिा प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।




