आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’को सुरुवात गरेको छ। 

    कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्। नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको हो। बिमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको जनाएको छ। 

    उद्घाटन कार्यक्रममा अध्यक्ष संघईले नेपाल लाइफले २५औँ वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए। कम्पनीले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीलाई न्यूनीकरण गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको बताए। 

    प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले उक्त प्रयासलाई बिमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताए। जनताको बचत र सम्पत्तिबाट संकलित बिमा कोषको सही संरक्षण र सदुपयोग बिमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको सुवेदीको भनाइ थियो। ‘मिहिनेत, पसिना बगाएर वा व्यापार–व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बिमा कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij