आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।  

    यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको साँवा ब्याज आगामी जेठ १८ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैँकले जनाएको छ । 

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij