आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेका ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर एकैपटक बिक्रीमा राखेको छ।

    बैंकले सूचना प्रकाशित गर्दै विविध संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिई बिक्री प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो।

    सेयर खरिदमा चासो राख्ने विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीहरूले आवेदन हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा पेश गर्नुपर्नेछ।

    बैंकले तोकिएको समयावधिमा कुनै सेयरधनीबाट लिखित सूचना प्राप्त नभएमा, प्रचलित कानून अनुसार ती सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने स्पष्ट पारेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij