आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३३ प्रतिशतले घट्यो सन नेपाल लाइफको नाफा

३३ प्रतिशतले घट्यो सन नेपाल लाइफको नाफा

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

    गत आवको सोही अवधिमा भने कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब ३३ प्रतिशतले घटेको छ ।

    कम्पनीले चैतसम्म ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो ।

    वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी बढेको छ । चालु आवको चैतसम्म कम्पनीले ४ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब १७ करोड आम्दानी गरेको थियो ।

    चैत मसान्तसम्मको कम्पनीको कुल दायित्व १० अर्ब १ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको यस्तो दायित्व ७ अर्ब ८१ करोड ६ लाख रुपैयाँ छ ।

    वित्तीय विवरणअनुसार कम्पनीको कुल बिमा सम्झौता दायित्व ९ अर्ब ६९ करोड ११ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो दायित्व ७ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीको कुल खर्च पनि बढेको छ । गत आवको चैतसम्म २ अर्ब ६८ करोड १० लाख कुल खर्च गरेको कम्पनीले चालू आवको चैतसम्ममा ३ अर्ब ७२ करोड १५ लाख कुल खर्च गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ र पिई अनुपात ५७.८४ गुणा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij