आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कस्तो रहला आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला आजको दिन ? हेर्नुहोस् राशिफल

सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं– आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ मे १३ तारिख ।

    मेष : दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

    मिथुन : साना कुरामा आक्रेश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

    कर्कट : पुराना मानिससँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

    सिंह : खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

    तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ।

    वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा पुगेका छन्। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

    धनु : सोचेका काममा अवरोध सिर्जना हुनेछ। खाaनपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ।

    मकर : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

    कुम्भ : धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मीन : तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij