आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

विश्व ऊर्जा संकटको धक्का : नेपालमा पनि इन्धन जोगाउन आग्रह

विश्व ऊर्जा संकटको धक्का : नेपालमा पनि इन्धन जोगाउन आग्रह

सजिलो पाना
बुधवार, फाल्गुण २७ २०८२
सजिलो पाना
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने सम्भावित ऊर्जा संकट र आपूर्तिमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल गरेको छ । 

    मध्यपूर्वमा देखिएका पछिल्ला समस्याहरूका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा कुनै प्रत्यक्ष असर नपरेको भए पनि विश्वका अन्य मुलुकहरूले सुरक्षात्मक उपाय अपनाउन थालिसकेकोले यस्तो पूर्वसतर्कता अपनाएको हो । पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने बाध्यताका कारण नेपालले पनि खपतमा सुरक्षात्मक प्रबन्ध मिलाउनु आवश्यक देखिएको निगमको बताएको छ ।

    आपूर्ति व्यवस्था हालसम्म नियमित र सुचारु रहेको भन्दै निगमले उपभोक्ताहरूलाई ग्यास र इन्धनको अनावश्यक भण्डारण नगर्न र आवश्यक परिमाणमा मात्र खरिद गर्न आग्रह गरेको छ ।

    विशेष गरी घरमा अनावश्यक ग्यास सिलिन्डर थुपारेर नराख्न, ग्यासको सट्टा विद्युतीय उपकरणको प्रयोग बढाउन र सवारी साधनको हकमा राइड सेयरिङ जस्ता उपाय अपनाएर इन्धन जोगाउन निगमले सुझाएको छ ।

    औद्योगिक क्षेत्रमा पनि इन्धन खपत कम गर्ने नीति अवलम्बन गर्न र विद्युतका लागि जेनेरेटरको प्रयोगलाई निरुत्साहित गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच, निगमले बजार अनुगमनलाई पनि कडा बनाउने बताएको छ ।

    कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएको भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको वा नियम विपरीत नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij