आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एक वर्षको सफल परीक्षण पछि नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

एक वर्षको सफल परीक्षण पछि नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौँ । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको TUNLAND G7 अब नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो। 

    यसले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यक पर्ने क्षमता, शक्ती र साइजको लागि आफ्नो उपयुक्तता प्रमाणित गरिसकेको छ।

    उन्नत फिचरहरूसँगै TUNLAND G7 बलियो मात्र नभई फराकिलो पनि छ। यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ। 

    २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो-ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिन्छ। यसमा भएको मोडर्न इन्जिन ‘पुस-स्टार्ट’ बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँछ।

    सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्दछन्। १२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ। यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउँछ।

    सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम छ जसलाई इलेक्ट्रिक रूपमा १२ तरिकाले एडजस्ट गर्न सकिन्छ। साथै, यसमा भएको अटोमेटिक एयर कन्डिसनिङले वर्षभरि नै तापक्रम सन्तुलित राख्छ।

    त्ग्ल्ीब्ल्म् न्ठ एउटा यस्तो सम्पूर्ण प्याकेज हो जसले शक्ति, सुरक्षा र लक्जरी एकै ठाउँमा ल्याएको छ। यसले नेपालका पिकअप गाडीहरूको बजारमा नयाँ मापदण्ड कायम गर्नेमा एमएडब्लू वृद्धि विश्वास्त छ र नेपाली ग्राहकहरूलाई यो नयाँ अनुभव लिन हार्दिक आमन्त्रण गर्दछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij