आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिद्धार्थ बैंकद्वारा अनलाइन पेमेन्ट गेटवे सेवा सुरु

सिद्धार्थ बैंकद्वारा अनलाइन पेमेन्ट गेटवे सेवा सुरु

सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।

    यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।  

    सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे मार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् ।

    साथै, यस पेमेंट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउनेछ ।

    सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य उद्देश्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनु मात्र होइन कि बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पुर्याउनु पनि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij