आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सजिलो पाना
सोमवार, चैत्र २ २०८२
सजिलो पाना
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं । खाडी क्षेत्रमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (UAE) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा ड्रोन आक्रमण भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडानहरू स्थगित गरिएको हो। यात्रुहरूलाई आफ्नो उडानबारे जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

    दुबई मिडिया अफिसले दिएको जानकारी अनुसार ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन भण्डारणमा भीषण आगलागी भएको थियो। यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरूप विमानस्थलका सम्पूर्ण गतिविधि रोकेर अधिकारीहरू आगो नियन्त्रणमा जुटेका छन्।

     गत फेब्रुअरी २८ देखि अमेरिका-इजरायल र इरान बीच सुरु भएको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमणको शृङ्खला तीव्र बनेको छ।

     दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा मानिन्छ। बीबीसीका अनुसार सन् २०२५ मा मात्रै यहाँबाट झण्डै ९ करोड यात्रुले यात्रा गरेका थिए। युद्ध सुरु भएयता खाडीका अरब मुलुकहरूले २,००० भन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन्।

    सन् २०२० मा इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेको यूएई यस्ता आक्रमणको मुख्य चपेटामा परेको छ। आक्रमणकारीहरूले अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार र बन्दरगाहलाई निशाना बनाउँदै आएका छन्।

    यस्तै विमानस्थल र होटल, आवासीय तथा कार्यालय भवनहरू समेत आक्रमणको निशानामा परेका छन् । यस परिस्थितिलाई लिएर खाडीका अन्य मुलुकहरूले पनि गम्भीर चिन्ता व्यक्त गर्दै इरानको कडा आलोचना गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij