आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कस्तो छ बुधवार को राशिफल ?

कस्तो छ बुधवार को राशिफल ?

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख ३१ गते बुधबार । 

    मेष : शरीरमा शारीरिक थकानको कमी महसुस हुनेछ। कार्यक्षेत्रमा विवादास्पद् जिम्मेवारी बहन गर्नु पर्ला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। विदेशतिर ताक्नेहरूलाई सुभ माचार मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    वृष : तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

    मिथुन : दिन राम्रो छ । जिम्मेवारी थपिने छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट फाइदा हुनेछ ।

    कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    सिंह : दिन सामान्य छ । घाटा बढ्ने जोखिम छ । जिम्मेवारी थपिँदै जानेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ ।

    कन्या : कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ । दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

    तुला : सम्पत्तिका स्रोत पत्ता लाग्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ ।

    वृश्चिक : मन शान्त रहनेछ । आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ ।

    धनु : सानो कुराले मन अशान्त बन्ने जोखिम छ । आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ । परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ ।

    मकर : दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ । विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।

    कुम्भ : दिन राम्रो छ । मन शान्त रहेछ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ । सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

    मीन : आफ्नो कार्य गर्ने शैलीमा बदलाव ल्याउनुहोस् सफलता मिल्नेछ। आफ्ना समस्याहरू अरूको समक्ष नखोल्नुहोस्। गृहणीहरूको धर्मकर्ममा धन खर्चका योग छन्। आर्थिक उन्नति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij