आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो

हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफामा सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    चैत मसान्तसम्मको कम्पनीको खुद बिमाशुल्क आर्जन ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीले लगानीबाट ९१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको चैतमसान्तसम्म भने कम्पनीको यस्तो आम्दानी ७६ करोड ७२ लाख रुपैयाँ थियो ।

    प्रकाशित वित्तीय विवरणअनुसार चैत मसान्तसम्मको कम्पनीको कुल आम्दानी ५ अर्ब २० करोड २६ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी ४ अर्ब २७ करोड २९ लाख रुपैयाँ थियो ।

    आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ । चालु आवको चैतसम्म कम्पनीले कुल ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको कुल खर्च २ अर्ब ९८ करोड ९ लाख रुपैयाँ थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij