आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त

सेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।

    हाल ६० प्रतिशत रहेको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण सेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीलाई २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। निवेदन प्राप्त नभएमा सेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij